जुम्लामा रारा अल्ट्रा म्याराथन, विजेतालाइ सवा लाख पुरस्कार
काठमाडाैं | चैत २५, २०७८
जुम्लाः जुम्लामा रारा अल्ट्रा म्याराथन सुरु भएको छ । जिल्लालाई उच्च पर्वतीय खेलकुद प्रशिक्षण केन्द्रका रुपमा स्थापित गर्ने उद्देश्यले म्याराथन सुरु गरिएको हो ।
कर्णाली स्पोर्टस् क्लब जुम्लाको आयोजनामा भएको उक्त म्याराथनको उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले गर्नुभयो । क्लबका अध्यक्ष सरोज शाहीले खेलकुदको महत्वबारे बुझाउन तथा खेल संस्कृतिको विकास गर्न म्याराथन सुरु गरिएको बताउनुचयो ।
कीर्तिमानी धावक हरिबहादुर रोकायाले अल्ट्रा म्याराथन पहाडमा दौडिँदै शान्तिको आनन्द लिने माध्यम भएको धारणा राख्नुभयो । कर्णाली स्पोर्टस् क्लबका अनुसार हालसम्म दौडका लागि ६० जनाले नाम दर्ता गराएका छन् ।
प्रथम हुनेले रु एक लाख २५ हजार, द्वितीयले रु ६२ हजार ५००, तृतीयले रु ३७ हजार ५०० र सान्त्वना पुरस्कार सात जनालाई जनही रु ६ हजार ५०० का दरले प्रदान गरिने छ । जुम्ला सदरमुकाम खलङ्गाको चन्दननाथ मन्दिरबाट चेरे लेक, बुलबुले हँुदै रारातालमा गएर दौड सकिनेछ ।
काठमाडौं: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि आज देशभर उम्मेदवारी दर्ताको कार्यक्रम हुँदैछ । निर्वाचन आयोगले देशभरका १६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्य...
पोखराः पोखराको अमरसिंह खेल मैदानमा जारी १४ औं संस्करणको पोखरा महोत्सव सातौं दिन सम्म आइपुग्दा दर्शकको घुइँचो लागेको छ । अघिल्ला संस्करण जस्तै १४ औं संस्करणको पोखरा महोत्सवमा पनि दर्शकको साथ उल्लेख्य मात्र...
पोखरा: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कास्की निर्वाचन क्षेत्र नम्बर ३ मा विना गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उनले आधिकारिक टिकट ...

